महासंघ अध्यक्ष राणाद्धारा तीज महोत्सव तथा महिला उद्यमी मेला उद्घाटन « Eglish Khabarhub

महासंघ अध्यक्ष राणाद्धारा तीज महोत्सव तथा महिला उद्यमी मेला उद्घाटन



काठमाण्डौ । साना तथा मझौला व्यवसायी महासंघ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला आजदेखि शुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एक विशेष समारोहका बीच ललितपुरमा मेलाको उद्घाटन गरेकी हुन् ।

हिन्दु नारीहरूको महान् चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवम् उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने उद्देश्यले याक प्यालेस, पुल्चोक ललितपुरमा आयोजित उक्त मेला तीन दिनसम्म संचालन हुने छ ।

उक्त मेलामा विभिन्न जिल्लाका साना तथा मझौला व्यवसायी महिलाहरूले आ–आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखेका छन् ।

उद्घाटन कार्यक्रमलाई संबोधन गर्नु हुँदै अध्यक्ष राणाले मुलुकको आर्थिक विकास एवम् समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने धारणा राखिन् ।

सरकारले यस क्षेत्रको विकासमा विशेष गरी सहज रूपमा ऋणको व्यवस्था, बजार पहुँच तथा प्रवद्र्धन र नविनतम तकनिकीमा उद्यमीहरूले सरकारको सहयोग खोजेको स्पष्ट पारिन् ।

Publish on: