काठमाण्डौ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले भाद्र १३ गतेदेखि बृहद अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
ग्रेस इन्टरनेशनलको आयोजमा मा यहि भाद्र १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा र १७ गते काठमाडौंमा बृहद अष्ट्रेलियन शैक्षिक मेला हुन लागेको हो ।
कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरुद्वारा करियर काउन्सेलिङ सँगै विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको हो ।
‘ग्रेस इन्टरनेशनलले गर्ने शैक्षिक मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा बृहद र फरक हुने बताइएको छ । यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउदै, पेपरको प्रयोगमा कमि ल्याउने जनाइएको छ ।
यस शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् ।
SHARE YOUR THOUGHTS