संखुवासभाको चैनपुरमा रावा बैंकको एटीएम शुभारम्भ « Eglish Khabarhub

संखुवासभाको चैनपुरमा रावा बैंकको एटीएम शुभारम्भ



काठमाण्डौ । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न. ६ चैनपुर बजार स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एटीएम मेसीनको शुभारम्भ भएको छ ।

यो समेत बैंकको एटीएम मेसीनको संख्या १३६ पुगेको छ । एटीएम मेसीनको रावा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

सो समारोहमा प्रमुख अतिथि श्रेष्ठले रावा बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई छिटो छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको वताए ।

बैंकका ब्रान्च अपरेशन विभागका उपप्रमुख राज्यलक्ष्मी खड्गीको सभापतित्वमा सम्पन्न समारोहमा बैंकका निमित्त विभागीय प्रमुख सञ्जयकुमार श्रेष्ठ, चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चैनपुर शाखाका प्रवन्धक सुरेश मण्डलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

Publish on: