९६ प्रतिशत काम सकियो, असार मसान्तसम्ममा माथिल्लो तामाकोशीको बिजुली बल्ने « Eglish Khabarhub

९६ प्रतिशत काम सकियो, असार मसान्तसम्ममा माथिल्लो तामाकोशीको बिजुली बल्ने




काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ९६ प्रतिशत काम सकिएको छ । सो आयोजनाबाट ४५६ मेगावाट विजुली उत्पादन हुनेछ ।

आयोजनाको ९६ प्रतिशत काम सकिएकोले चालु आर्थिक बर्षभित्र (आगामी असार मसान्त भित्र) मा काम सकिएर बिजुली बल्ने आयोजनाका प्रमुख विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।

‘अझै केही चुनौतिहरु बाँकी छन्, तर पनि चालु आर्थिक बर्षभित्रमा विद्युत उत्पादन सुरु गरिसक्ने गरी काम गरिरहेका छौं,’ प्रमुख श्रेष्ठले भने ।

उनले ‘केही चुनौति छन्’ भनेकोले आगामी असार मसान्तभित्रमै विद्युत उत्पादन भइहाल्नेमा भने शंका उत्पन्न भएको छ । तर, जति ढिला भएपनि अर्काे हिउदसम्ममा विद्युत उत्पादन भइसक्ने श्रेष्ठले दाबी गरे ।

उनले अहिले देखेको चुनौति ठेकेदारले लक्ष्य अनुसार काम नगरिदिएको र मौसमको कारण उत्पन्न समस्या हो ।

‘ठेकेदारले समयसीमा अनुसार काम गरिरहेको छैन, चरिकोट सिन्धुपाल्चोक सडकखण्डको अबस्था दयनीय छ, यी दुबै कारणले केही ढिला हुन्छ कि भन्ने मेरो अनुमान हो, नभए आगामी बैशाख वा जेठसम्ममा विद्युत उत्पादन भइसक्ने थियो,’ श्रेष्ठले थपे ।

Publish on: