काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्गको बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार भुक्तानी गरेको छ ।
बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकोले निजको नजिकको हकवाला\बुवा कमलप्रसाद उपाध्यायलाई दुुर्घटना लाभ सहितको २० लाख ५३ हजारको चेक हस्तान्तरण गरिएको हो ।
मुक्तिनाथ विकास बैंकको धादिङ्ग शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका कामु सहायक महाप्रबन्धक लोकराज जोशीले चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा कम्पनीको बालाजु शाखा प्रबन्धक धु्रवराज लामिछाने, धादिङ्ग उपशाखा प्रमुख प्रकाश ढुंगाना, मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठ, अभिकर्ता, बैंक कर्मचारी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
धादिङ्गको त्रिपुरा सुन्दरी गाउँपालिका निवासी बीमित गकुल उपाध्यायको २०७५ जेठ ३ मा सडक दुर्घटनामा परी निधन भएको थियो ।
२०७४ पुस २६ मा १५ वर्ष अवधीका लागी१० लाख बीमाङ्कको दुर्घटना लाभसहितको एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गराएकोमा स्वर्गीय गकुल उपाध्यायले यस कम्पनीलाई बीमा शुल्क वापत जम्मा ६६ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरेका थिए ।
SHARE YOUR THOUGHTS