पञ्चकन्या ग्रुपले मनायो ४६ औं वार्षिकोत्सव « Eglish Khabarhub

पञ्चकन्या ग्रुपले मनायो ४६ औं वार्षिकोत्सव



काठमाण्डौ । पञ्चकन्या ग्रुपले आफ्नो ४६ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८८औं जन्मोत्सव मनाएको छ ।

कार्यक्रममा पञ्चकन्या समूहका संचालकहरु, कर्मचारीहरु, डिलर, शुभ–चिन्तकहरुको उल्लेख्य उपस्थिति थियो । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र एस.एस. वाटर ट्याङ्कका डिलरहरुलाई प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले, उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठ र उत्कृष्ट मेनेजरमा नामगेल तामाङ हुनु भयो । त्यसैगरी स¥ह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरियो ।

उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, कार्यकारी निर्देशक द्वय उज्ज्वलकुमार श्रेष्ठ तथा उदीप श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो भने निर्देशकहरु ज्योति श्रेष्ठ, आशिक श्रेष्ठ र नितिशा श्रेष्ठ लगायत पञ्चकन्या ग्रुपका अन्य संचालकज्यूहरुको उपस्थिति थियो ।

Publish on: