१५ तस्बीरमा हेर्नुहोस् ‘नाडा अटो शो-२०१८’को तयारी « Eglish Khabarhub

१५ तस्बीरमा हेर्नुहोस् ‘नाडा अटो शो-२०१८’को तयारी



काठमाडौं । भोलि (मंगलबार) देखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०१८ हुँदैछ । अहिलेसम्म ९९ प्रतिशत तयारी सकिएको छ । ६ दिनसम्म सञ्चालन हुने अटो शोमा ५ अर्ब रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

अटो शोमा विभिन्न कम्पनीका १३५ वटा स्टल रहनेछन् । ग्राहकले स्टलमा बुकिङ गर्दा विशेष छुट पाउने छन् । ६५ हजारभन्दा बढी अबलोकनकर्ता सहभागी हुने नाडाले अनुमान गरेको छ ।

यो पनि पढ्नुहोस्- नाडा अटो शोः विद्युतीय सवारी र साढे २ करोडको जीपले बजारमा नयाँ चर्चा

यो वर्षको अटो शोको मूख्य आकर्षण भनेको जीप र विद्युतीय गाडी रहेको नाडाका उपाध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

Publish on: