काठमाडौं । काठमाडौं मंगलबारदेखि शुरु भएको नाडा अटो शोमा २ वटा महंगा बाइक सार्वजानिक भएका छन् । निकै आकर्षक देखिने ती बाइक अवलोकनकर्ताको आँखामा परिहाल्छन् ।
र, अबलोकनकर्ताले सोध्छन्– यो बाइकको मूल्य कति ?
स्टलमा रहेका प्रतिनिधिले जवाफ दिन्छन्– मंगलबारमात्रै आइपुगेका यी बाइकको मूल्य निर्धारण गरिसकिएको छैन । तर, यी निकै धेरै महंगा छन् ।
निकै धेरै महंगा भनेको कति ? यसको जवाफ स्टका प्रतिनिधले पनि दिँदैनन् । मेलाको अन्त्यसम्ममा मूल्य पनि आउला मात्रै भन्छन् ।
ती बाइक हुन् होण्डा कम्पनीका । एक हजार इन्जिन क्षमताको होण्डा सीबी १००० आर र ७५० सीसीको होण्डा एनएम ४ बाइक हुन् ।
नेपालका लागि होण्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले यी बाइक भित्र्याएको हो । स्याकारका सञ्चालक सौरभ ज्योति हुन्, जो बाइकका सौखिन मानिन्छन् ।
SHARE YOUR THOUGHTS