गुल्मीमा ग्लोबल आइएमईका २ शाखारहित बैंकिङ सेवा « Eglish Khabarhub

गुल्मीमा ग्लोबल आइएमईका २ शाखारहित बैंकिङ सेवा



काठमाण्डौ । ग्लोबल आइएमई बैंकले थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका २ वटा शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवासंख्या १०२ पुगेको छ ।

बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ चारपलामा आफ्नो १०१ औँ र सोही गाउँपालिका कै वडा नं. १ बलिथुममा आफ्नो १०२ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त दुवै शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको हो ।

चारपलामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय नारायणप्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानीय उत्तम पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम, सीडीएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Publish on: