काठमाडौं । कोरियक गाडी निर्माता कम्पनी हुण्डाइले बजारमा ल्याएको नयाँ विद्युतीय गाडीले सर्वसाधारणको ध्यान खिचेको छ ।
नाटा अटो शो-२०१८ मा नेपालका लागि हुण्डाइको आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाइले आफ्नो स्टलमा आयोनिक गाडी राखेको छ ।
हुण्डाइले पहिलोपटक विद्युतीय गाडी भित्र्याएको आयोनिक गाडीमा अटो मेला अवलोकन गर्न जानेहरुको भीड लाग्ने गरेको छ ।
यो गाडी निकै धेरै लोकप्रिय भएको लक्ष्मी हुण्डाइका प्रबन्ध निर्देशक निराकर श्रेष्ठले जानकारी दिए ।
‘मेला अवलोकन गर्न आउनेहरुमध्ये धेरैको ध्यान यो गाडीले खिचेको छ, यो गाडीको वरिपरि अवलोकनकर्ताहरु झुम्मिएको दृश्यले नै यसको लोकप्रियता पुष्टि गर्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले क्लिकमाण्डूसँग भने ।
हुण्डाइले केही समयपछि विद्युतीय गाडीको अर्को मोडल कोना पनि भित्र्याउने तयारी गरिरहेको छ । विद्युतीय गाडी विस्तारकासँगै हुन्डाइले देशका विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको बताए ।
श्रेष्ठका अनुसार लक्ष्मी हुणडाइले अहिले यो गाडीको बुकिङ लिएको छैन । यद्यपि दुई दिनमै ४०/५० जनाले यो गाडी बुकिङ गर्न चाहेको बताए ।
‘मेला शुरु भएको दुईदिनमै ४०/५० जनाले यो गाडीको बुकिङका लागि सिरियसली इन्क्वायरी गर्नुभएको छ,’ उनले भने, ‘अहिले हामीले बुकिङ खुलाएका छैनौं । इन्क्वायरी गर्नेहरुलाई बुकिङ खुल्ला गरेपछि सम्पर्क गर्छाैं ।’
नेपालका लागि यो गाडीको बजार मूल्य ४८ लाख ५० हजार रुपैयाँ तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
मूल्य महंगो भएपनि आयोनिक नेपालका बाटो सुहाउने मोडल भएको श्रेष्ठले दाबी गरे ।
‘नेपालको भौगोलिक अवस्थाको कारण विद्युतीय गाडीहरु व्यवसायिक रुपमा सफल भएका छैनन्, यसमा आयोनिक सफल हुने विश्वास हाम्रो छ,’ उनले भने ।
हुण्डाइले केही समयपछि विद्युतीय गाडीको अर्को मोडल कोना पनि भित्र्याउने तयारी गरिरहेको छ । विद्युतीय गाडी विस्तारकासँगै हुन्डाइले देशका विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको बताए ।
SHARE YOUR THOUGHTS