नाटा अटो शोः दुई दिनमै १०० भन्दा धेरै गाडी बुकिङ « Eglish Khabarhub

नाटा अटो शोः दुई दिनमै १०० भन्दा धेरै गाडी बुकिङ



काठमाडौं । मंगलबार देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाटा अटो शोमा अवलोकनकर्ताहरुको भीड बढ्दो छ ।

अवलोकनकर्ताहरुले आफूलाई मन परेको गाडी बुकिङ पनि गर्छन् । किनभने अटो शोको अवसरमा कम्पनीहरुले विभिन्न आकर्षक अफरहरु ल्याएका छन् ।

मंगलबार र बुधबार दुई दिनमै १०० वटाभन्दा बढी गाडी बुकिङ भएको नाडाका उपाध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

‘यकिन तथ्यांक त आएको छैन, तर विभिन्न कम्पनीका साथीहरुसँग कुरा गर्दा दुई दिनमै १०० वटाभन्दा बढी गाडी बुकिङ भएको पाइएको छ,’ उपाध्यक्ष दुलालले क्लिकमाण्डूसँग भने, ‘आजदेखि बुकिङ गर्नेहरुको संख्या झन बढ्छ ।’

६० हजारभन्दा बढीले अटो शो अबलोकन गर्ने र ५ अर्ब बढीको कारोबार हुने नाडाको अनुमान छ । अटो शो आइतबारसम्म सञ्चालन हुनेछ ।

Publish on: