सिटिजन्सद्वारा डोटीमा बाटो निर्माणमा सहभागी परिवारलाई नगद वितरण « Eglish Khabarhub

सिटिजन्सद्वारा डोटीमा बाटो निर्माणमा सहभागी परिवारलाई नगद वितरण



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेभर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रम आयोजना गरेको छ ।

विशेष गरी स्थानीय बाटो निर्माण गरे बापत“कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।

डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काठमाण्डु गाउँपालिकामा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले ३ हजार ६ सय ३३ परिवारलाई कूल नगद ५ करोड १,७ लाख ७६ हजार ८ सय ३५ रुपैयाँ वितरण गरेको हो ।

Publish on: