केश कम्पनीको शोरुम अब सुर्खेतमा « Eglish Khabarhub

केश कम्पनीको शोरुम अब सुर्खेतमा



काठमाण्डौ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा कन्स्ट्रक्शन सोलुसनले केश कम्पनीको शो रुम सुर्खेतमा सञ्चालनमा ल्याएको छ । सो संस्थाले विभिन्न कन्स्ट्रक्सन इक्युप्मेन्टहरु बिक्री वितरण गर्दै आएको छ ।

“केशले बनाउछ देश” भन्ने नारा सहित बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले अहिलेसम्म देशभरी १४ भन्दा बढि स्थानहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडर, स्किड स्टिर, लगाएतको हेवी इक्युप्मेन्टहरुको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्री पछिका सम्पूर्ण सेवा र मर्मत सम्भार गर्दै आएको कम्पनीले, आफ्ना सबै शोरुमहरु मार्पmत सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

सुर्खेत हेभि इक्यूपमेन्ट व्यवसायी संघका अध्यक्ष मदनबहादुर खड्का, निर्माण व्यवसायी संघ सुर्खेतका निर्माण व्यवसायी लक्ष्मण पोखरेल र जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्रा.लि. डिभिजनका प्रमुख संजिव देउजाले सुर्खेतमा शो रुम संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्रा.लि सुर्खेत पछि देशका विभिन्न स्थानहरुमा पनि खोल्दै जाने तयारी रहेको बताएको छ ।

Publish on: