नेप्सेमा वोमी माइक्रोफाइनान्सको हकप्रद शेयर सूचिकृत « Eglish Khabarhub

नेप्सेमा वोमी माइक्रोफाइनान्सको हकप्रद शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार वोमी माइक्रोफाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको बजारपूँजीकरण १ अर्ब १२ करोड १० लाख ६५ हजार ९ सय २० रुपैयाँ रहेको छ । साथै, माईक्रोफाइनान्सको बजारपूँजीकरण १ अर्ब १२ करोड १० लाख ६५ हजार ९ सय २० रुपैयाँ रहेको छ ।

वोमीको जम्मा १० लाख १० हजार ८ सय ८० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । उक्त माईक्रो फाइनान्सको सेयर प्रतिकित्ता ११ सय ९ रुपैयाँ कायम छ ।

Publish on: