काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयर धनीलाई बोनश सेयर तथा नगद लाभांश दिने भएको छ । संस्थाको । भदौं २८ गते बिहीबार बसेको संस्थाको १ सय १२ औं बैठकले सो निर्णय गरेको हो ।
संस्थाले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट चुक्ता पूँजीको १८ प्रतिशतका दरले १८ करोड रुपैयाँ बोनश सेयर दिने जनाएको छ । यस्तै, चुक्ता पूँजीको २२ प्रतिशतका दरले २२ करोड रुपैयाँ नगद लाभांश दिने भएको हो ।
संस्थाको सो निर्णय नेपाल राष्ट्र बैंक र साधारण सभाबाट स्वीकृत भएपछि लाभांश बितरण गर्ने कम्पनी सचिव शोभा मिश्रले जानकारी दिइन् ।
SHARE YOUR THOUGHTS