काठमाडौं । सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी युनिलिभर । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रतिसेयर ७ सय रुपैयाँ नगद लाभांशको घोषणा गर्यो ।
तर,कम्पनीको संचालक समितिको बैठक बसेको १६ दिनपछि नेप्सेलाई यसको जानकारी दियो ।
युनिलिभरको संचालक समितिको बैठक भदौ १२ मा मुम्बईमा बसेको थियो । भदौ १२ मा संचालक समितिको बैठक बसेपनि कम्पनीले नेप्सेलाई लाभांशको जानकारी भदौ १८ मा दिएको थियो ।
सेयर बजारमा यसको सेयर मूल्य प्रतिकित्ता २४ हजार ६३३ रुपैयाँ छ । युनिलिभरको सेयरपनि सिमित सेयरधनीसँग रहेको छ ।
नेप्सेले सूचिकृत कम्पनीलाई संचालक समितिले लाभांश घोषणा गरेको यथासम्भव चाडो लाभांशको जानकारी नेप्सेलाई दिनुपर्ने व्यवस्था गरेको छ ।
तर,युनिलिभरले भने संचालक समितिको बैठक बसेको १६ दिनपछि मात्र यसको जानकारी दिएको थियो । नेप्सेमा जानकारी दिनु अगाडि नै बजारमा युनिलिभरले प्रतिकित्ता ७०० रुपैयाँ लाभांश दिने विषय बाहिर आइसकेको थियो ।
SHARE YOUR THOUGHTS