निर्मला हत्याकाण्डलाई प्रधानमन्त्रीले तोडमोड गरेको भन्दै यसरी गर्जिए गगन थापा (भिडियोसहित) « Eglish Khabarhub

निर्मला हत्याकाण्डलाई प्रधानमन्त्रीले तोडमोड गरेको भन्दै यसरी गर्जिए गगन थापा (भिडियोसहित)



काठमाण्डौ । प्रतिनिधिसभाका सांसद गगन थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा काँग्रेसका युवा नेता थापाले यस्तो आरोप लगाएका हुन् । उनले भने-जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिले बालिका निर्मला पन्त हत्या घटनाको तथ्य तोडमोड गरेको छ र छानबीनलाई समेत प्रभावित पार्नेछ ।

प्रतिनिधि सभालाई संबोधन गर्दै साँसद थापाले यसबारेमा गृहमन्त्री रामबहादुर थापालाई समेत गम्भीर प्रश्न गरेका थिए । सो घटनालाई प्रभावित पार्ने गरी अभिव्यक्ति नदिन गृहमन्त्रीले आफूहरुलाई अनुरोध गर्दै आएको प्रशंग उल्लेख गर्दै साँसद थापाले भने- गृहमन्त्रीज्यू, प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिका बारेमा उहाँलाई भेटेर यस्तो किन गर्नु भयो भनेर प्रश्न गर्ने आँट गर्नु भयो ?

Publish on: