काठमाण्डौ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । माछापुच्छ्रे बैंकको अनलाईन खाता मार्फत विश्वको जुनसुकै कुनाबाटपनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।
अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट\आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।
माछापुच्छ्रे बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरी ७% पु¥याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५% देखि अधिकतम ७% सम्म ब्याज प्रदान गर्ने जनाएको छ ।
ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७% ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५% सम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।
बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ११६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS