काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यूनिलिभर नेपाल कम्पनीलाई कारोबार गर्न रोक लगाएको छ । कम्पनीले धितोपत्र बजारलाई असर पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै कारोबारमा रोक लगाएको हो ।
नगद लाभांस वितरण सम्बन्धमा भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय भदौ २८ गतेमात्र नेप्सेलाई जानकारी गराएको थियो । यसरी लाभांस वितरण गर्ने निर्णय लामो समय गुपचुप राख्नुको कारण के ? भन्दै नेप्सेले युनिलिभरलाई २४ घन्टाभित्र स्पस्टीकरण बुझाउन निर्देशनसमेत दिएको छ ।
धितोपत्र बजारमा असर पार्ने गरी कम्पनीले सूचना प्रकाशनमा ढिलाई गरेको नेप्सेले जनाएको छ । यसरी नै सूचीकरण विनियमावली ०७५ को विनियम २२ को उपविनियम १ को खण्ड ङ लाई कम्पनीले उलङ्घन गरेको नेप्सले यूनिलिभर लिमिटेलाई भदौ २९ गते पठाएको पत्रमा उल्लेख छ ।
२४ घण्टाभित्र नेप्से समक्ष स्पष्टीकरण पेश गर्नु पर्ने पत्र पठाएको नेप्से सूचीकरण शाखाका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलले क्लिकमाण्डूलाई जानकारी दिए ।
SHARE YOUR THOUGHTS