काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवी मार्ग गणेश वस्ती महाराजगञ्ज काठमाडौंमा अवस्थित बोता मःमःवीच सम्झौता भएको छ ।
सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले बोता मःमःमा १५ प्रतिशत विशेष पाउने छन् । काठमाडौंमा चार, ललितपुरमा एक र भक्तपुरमा आउँदै गरेको एक सहित कुल छ आउटलेट रहेको बोता मःमः का सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ ।
यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मः मःको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल असोज ०१ गतेदेखि दुई वर्षसम्मका लागि लागु बिज्ञप्ति मार्फत जनाइएको छ ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
SHARE YOUR THOUGHTS