काठमाण्डौ । ओभरड्राइले भारतमा चल्तीका २५ वटा एसयुभीहरुको बीचमा गरेको टेस्टको आधारमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलीटी पहिलो हुन सफल भएको छ ।
यो टेस्टमा डिजाइन, क्याविन फिचरहरुको प्राक्टिकाटलीटी, वाइपरको इफिसीयन्सी, प्यासेन्जरहरुको वाहिरी भिजीवीलीटी, सबै खालको टेरेनमा उपयोगिता, टुरिङ्ग एबिलीटी र पर्फमेन्स, बुट एरिया तथा स्पेयर ह्वीलको पहुच आदि प्यारामिटरहरु रहेको थियो । यो टेस्ट पिच बाटोमा नभई हिलो, उकालो ओरालो रहेको कच्ची टफ ठाँउमा गरिएको थियो ।
यो टेस्टमा डस्टरको अल ह्वील ड्राइभले उत्कुष्ट पफर्मेन्स गरेको थियो । यसमा रहेको फोर ह्वील ड्राइभ मोड, टुह्वील ड्राइभमोड तथा युनिक अटोमेटिक अलह्वील ड्राइभ मोड जसमा गाडिले नै बाटो अनुसार कुन मोडमा चलाउने डिसाइड गर्छ । यसलाई उत्कुष्ट अफरोड पफर्मेस दिन मद्दत गरेको थियो ।
एसयुभी स्लग टेस्ट भारतको चिकमगलु कफि डे इन्डिया र्यालीको सिकाडा स्टेजमा भएको थियो जसको लम्बाई २.३ किमी हो । अफिसीयल टेस्ट डाइभरको रोलमा बिक्रम नरेन्द्र रहेका थिए जसले १९९१ को इन्डीयन नेसनल र्याली च्याम्पिएन रहेका थिए ।
SHARE YOUR THOUGHTS