नेप्से परिसूचकमा छायो हरियाली, ११.६९ अंकले बढ्दा ९१ करोडको कारोबार « Eglish Khabarhub

नेप्से परिसूचकमा छायो हरियाली, ११.६९ अंकले बढ्दा ९१ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बद्धि भएको छ । कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ ।

आज नेप्से परिसूचक ११.६९ अंकले बढेको छ । ०.९४ प्रतिशतले बढ्दा परिसूचक १२५६.५३ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १६६ कम्पनीले कारोबार गरे । ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर कित्ता किनबेच हुँदा ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक हरियो देखिएका छन् । बैंक १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत ६.५४, फाइनान्स ३.११, निर्जीवन बीमा २०.१८, उत्पादनमूलक २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१, जीवन बीमा ४८.५ अंकले बढेका छन् ।

भार्गव विकास बैंकका लगानीकर्ताले बजार बढेको दिन ९.५२ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८० प्रतिशतले घाटा व्यहोरेका छन् ।

Publish on: