मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिनाउ विकास बैंकद्वारा १२ प्रतिशत बोनश शेयर घोषणा



काठमाडौं । तिनाउ विकास बैंकले बोनश शेयर तथा नगद लाभांस वितरण गर्ने भएको छ । विकास बैंकले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्न लागेको हो ।

विकास बैंकको चुक्तापूँजी हाल ५० करोड ६९ लाख ३४ हजार ९ सय १४ रुपैंया रहेको छ । बैंकले सोही चुक्तापूँजीको १२ प्रतिशत बोनश शेयर दिने भएको हो । साथै, कर प्रयोजनको लागि नगद लाभांश ०.६३ प्रतिशतका दरले ३२ लाख १६ सय ९४ रुपैयाँ दिने जनाएको छ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गरिने प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले जनाए ।