२३ प्रतिशत बोनस सेयर दिने समीट फाइनान्सको घोषणा « Eglish Khabarhub

२३ प्रतिशत बोनस सेयर दिने समीट फाइनान्सको घोषणा



काठमाडौं । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट सेयर धनी लगानीकर्तालाई बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । भदौ ३१ गते बसेको संस्थाको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

आर्थिक बर्ष ०७४\०७५ मा संस्थाको सेयर प्रिमियम १ करोड १७ लाख ९१ हजार ६ सय ६६ रुपैयाँ र संचित नाफा २ करोड ८२ लाख ८ हजार ३ सय ३३ रुपैयाँ रहेको थियो । साथै, संस्थाको चुक्तापूँजी भने हाल १७ करोड रुपैयाँ रहेको छ ।

सो चुक्तापूँजीको २३.५३ प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबर बोनश सेयर दिने जनाएको छ ।

यस्तै, बोनश सेयरको कर प्रयोजनको लागि नगद लाभांश १.२४ प्रतिशतले हुन आउने २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ सहितको कूल ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ लाभांश सेयर धनीलाई उपलब्ध गराउने भएको छ ।

संस्थाको सो निर्णय राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी साधारण सभाबाट अनुमोदन हुने कार्यकारी प्रमुख देवेन्द्रबहादुर बस्नेतले बताए ।

Publish on: