०.१३ अंकले घट्यो नेप्से, अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट « Eglish Khabarhub

०.१३ अंकले घट्यो नेप्से, अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक दोश्रो दिन आज फेरि ओरालो लागेको छ । आज सोमबार नेप्से परिसूचक ०.१३ अंकले घटेको हो । ०.०१ प्रतिशतले परिसूचक घट्दा १२५६.४० विन्दूमा पुगेको छ ।

आज १ सय ६७ कम्पनीका २४ लाख २५ हजार ३ सय ३ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ६८ करोड ७६ लाख ८८ हजार ६ सय ५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक घटेको दिन बैंकिङ समूह ७.०२, होटल समूह १८.८४, विकास बैंक समूह ५.१५, जलविद्युत समूह १०.२८, वित्तिय समूह २.४४ र अन्य समूह २.४८ अंकले घटेका छन् ।

यस्तै ट्रेडिङ समूह ३.१७, निर्जीवन बीमा समूह २०३.४६, उत्पादनमूलक समूह २४.५१, माइक्रोफाइनान्स समूह ५.६३ र जीवन बीमा समूह ११९.७३ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकले गरेको छ । बैंकले ९ करोड २६ लाख ९० हजार ८ सय ५४ रुपैयाँको टर्नओभर गरेको हो ।

भार्गब विकास बैंकले आज सबैभन्दा बढी कमाई गरेको छ । बैंकले ९.४२ प्रतिशतले कमाई गरेको हो । एक्सएल डेभलपमेन्ट बैंकले आज सबैभन्दा बढी गुमाएको छ । बैंकले ४.२९ प्रतिशतले गुमाएको हो ।

साताको पहिलो दिन आईतबार भने नेप्से परिसूचक ११.६९ अंकले बढेको थियो । हिजो ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँको कारोबार भएको थियो ।

Publish on: