माछापुच्छ्रे बैंकमा जानुहोस्, सरप्राइज गिफ्ट पाउनुहोस् « Eglish Khabarhub

माछापुच्छ्रे बैंकमा जानुहोस्, सरप्राइज गिफ्ट पाउनुहोस्




काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार शुरु गरेकोे १८ वर्ष पूरा गरी १९ औं बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गर्ने भएको छ ।

महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड\इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५० प्रतिशत छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५ छुट छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरुपनि प्रदान गर्ने बैंकले बताएको छ ।

नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन बैंकले आव्हान गरेको छ । पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा एटिएमबाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Publish on: