काठमाण्डौ । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शो रुमहरु उद्घाटन गरेको छ ।
अत्याधुनिक शोरुमहरुमा टिभीएसको सम्पूर्ण मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनुका साथै केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आर आर ३१०, टि भी एस अपाचे आर टि आर १६० फोर भी र टि भी एस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ ।
यहि आश्विन १ गते देखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शो रुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन् । ग्राहकहरुले यी शो रुमहरु मार्फत टिभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन् ।
जगदम्बा मोटर कम्पनीका उपादक्ष्य दिपक अग्रवालका अनुसार ग्राहकहरुले अबका दिनहरुमा सुविधाजनक ढंगले स्थानीय शो रुम मार्फत सेवा प्राप्त गर्न सक्नेछन। टिभीएस ग्राहकहरुको सहज सुबिधा र किफायतीपन प्रति सदैव प्रतिवद्ध रहेको जनाएको छ ।
SHARE YOUR THOUGHTS