काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक २.४१ अंकले बढेको हो । ०.१९ प्रतिशतले बढेको नेप्से परिसूचक १२५८.८१ बिन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६९ कम्पनीको सेयर कारोबार भयो । ३३ लाख ८६ हजार ४ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्सेका ३ सूचक मात्र घटेका छन् ।
विकास बैंक १.७१, जलविद्युत ४२.१२, निर्जीवन बीमा ७३.९५, उत्पादनमूलक समूह ८.१२, अन्य २.४२, माइक्रोफाइनान्स ९.४५ र जीवन बीमा १९.६१ अंकले बढेका छन् ।
बैंकिङ २.१३, होटल २५.९३ र वित्तीय १.८५ अंकले घटेका छन् ।
आज बजार बढेका दिन अरुण कावेली पवारका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।
यस्तै, हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने ४.८३ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
SHARE YOUR THOUGHTS