मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी विकास बैंकका अध्यक्ष भट्टराईको शपथ ग्रहण


काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाईसञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष आज असोज ४ गते विहीबार शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंक लि.का सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।