काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले यस वर्षको बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जित्न सफल भएको छ ।
न्यू बिजनेश एज प्रालिको आयोजनमा शुक्रबार विजनेश एवार्ड कार्यक्रममा न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८” बाट बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड कैलाश विकास बैंकलाई प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा यसै संस्थाका सिनियर एक्सिक्युटिभ कृष्णगोपाल मानन्धरले एवार्ड ग्रहण गरेका थिए । बैंकले यस अघिपनि नेपाल राष्ट्र बैंक, पोखरा उद्योग बाणिज्य संघ र नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट सम्मान तथा अवार्ड प्राप्त गरेको थियो ।
यस बैंकले गुणस्तरीए सेवा र उच्चतम सुसाशन कायम राखेकाले नै एवार्ड पाउन सफल रहेको र यसको श्रेय कैलाश विकास बैंकका ग्राहक, शेयरधनी, व्यवस्थापन तथा कर्मचारी र सरोकारवाला निकायलाई जाने बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवा लगायत मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि डिम्याट सेवा, सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको यस बैंकले निकट भविष्यमा भिसा कार्डको सुभारम्भ गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
SHARE YOUR THOUGHTS