जनता बैंकको नयाँ सेवा-अनलाइन खाता खोल्ने सुबिधा « Eglish Khabarhub

जनता बैंकको नयाँ सेवा-अनलाइन खाता खोल्ने सुबिधा



काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।

जनता बैंकको बेभ साइट www.janatabank.com.np मा लग अन गरी स्वदेश तथा बिदेशको कुनैपनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने भएको छ ।

यो सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ ।

अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने छ ।

यस विधिबाट खोलिएको खातामा प्रचलित कानून बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्ने बिज्ञप्ति मार्फत जनाइएको छ ।

Publish on: