काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले असोज ११ गते विहिवारदेखि आफ्ना नयाँ दुई उप–शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
धनकुटा उप–शाखा तथा अछाम उप–शाखाको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक कार्यक्रमका बीच धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोपबहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन एकै दिन गरी सेवा शुभारम्भ गरिएको हो ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने बिज्ञप्ति मार्फत जनाएको छ ।
SHARE YOUR THOUGHTS