काठमाण्डौ । कालीका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६१ जना शाखा प्रबन्धकहरुलाई पोखरामा तीन दिने शाखा व्यवस्थापनको तालिम दिएको छ ।
असोज ९ गतेबाट शुरु भएको तालिममा ओम डेभलपमेन्ट बैंकका कर्जा असुली विभागका बुद्धिसागर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखाका बिदुर पराजुली, सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी तथा आन्तरिक लेखा परिक्षण बिभागका निर्मल गौतमले सहजिकरण गरेका थिए ।
तालिमको उदघाटन गर्दै प्रमुख अतिथि एबं संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि यस्ता कार्यक्रमहरु संस्थाले निरन्तर सञ्चालन गरिरहने बताए ।
६१ वटा शाखा सञ्जाल विस्तार गरि लघुवित्त सेवा दिइरहेको संस्थाले यस आर्थिक वर्षभरिमा ९९ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ । गत आर्थिक वर्ष १२० करोड लगानी रहिरहेको कर्जालाई यस आर्थिक वर्षको अन्त्य सम्ममा जम्मा २२० करोड लगानी पुर्याउने लक्ष्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।
नेपाल राष्ट्रबैंकबाट राष्ट्रिय स्तरको मान्यता प्राप्त भईसकेपछि अधिराज्यभर सेवा विस्तार गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत बोहराले बताए । कार्यक्रममा बार्षिक बजेट सम्बन्धि अभिमुखिकरण तथा समीक्षापनि गरिएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक बासुदेब पौडेल, केन्द्रिय कार्यालयका सूचना प्रबिधि बिभाग प्रमुख अनुप श्रेष्ठ, प्रशासन बिभागका भेषराज गैह्रे, लेखा बिभागका अस्मिता शर्मा, कर्जा बिभागका प्रकाशबहादुर बोगटी लगायतको सहभागिता रहेको थियो ।
SHARE YOUR THOUGHTS