काठमाण्डौ । फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा विशेष अफर ल्याएको छ ।
यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जीप र ट्राभलर टिटु २६ सिट क्षमता भएको मिनीबसको खरिदमा २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज तथा ट्रयाक्स कार्गो किङ्ग पिकअपको खरिदमा १ तोला सुनको हार र नगद २५ हजार रुपैयाँ छुटको अफर ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले बताए ।
बिगत ४ वर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ गैरीधारा पोखराको बुद्धचोकमा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा विराटनगरको कन्चनबारीमा के.आर.अटोमोबाइल , चितवनको भरतपुरमा रेयान मोटर्स, इटहरी र भक्तपुरमा जी.मोटर्स मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री गरिरहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए ।
SHARE YOUR THOUGHTS