दिनभर कसरत गर्दा पनि स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सहमति जुटेन « Eglish Khabarhub

दिनभर कसरत गर्दा पनि स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सहमति जुटेन



काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी परेको छ । अध्यक्षका लागि कोहिनुर इन्भेष्टमेन्टका भरत रानाभाट र भिजन सेक्युरिटिजका राजकुमार तिमिल्सिनाको उम्मेद्वारी परेको हो ।

ब्रोकर संघका अध्यक्ष प्रियराज रेग्मी, निवर्तमान अध्यक्ष नरेन्द्र सिँजापति, पूर्वअध्यक्षहरु र अधिकांस ब्रोरहरु आज दिनभर छलफलमा बसेर सर्बसहमति गर्ने प्रयास गरेका थिए । राति ८ बजेसम्म पनि अध्यक्ष पदमा सहमति नजुटेपछि भाेलि छलफल टुंगिएको थियोे !

दिनभरीको प्रयासले अध्यक्ष बाहेकको कार्यसमितिका अन्य पदमा भने सर्बसहमति भएको छ ।

उपाध्यक्षमा त्रिशक्ति सेक्युरिटिजका टंक प्रसाद गौतम, महासचिबमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा शनि सेक्युरिटिजका सन्तोष पौडेल र कोषध्यक्षमा आर्यतारा इन्भेष्टमेन्टका गुणनिधि भूषाल सर्बसम्मत गर्ने सहमति भएको हो ।

त्यस्तै, सदस्यहरुमा निभ सेक्युरिटिजका सजिला अर्याल, सुन्धारा सेक्युरिटिजका फडिन्द्र ढकाल, भृकुटी स्टक ब्रोकिङका सन्दिप चाचन, र ओपल सेक्युरिटजका सुमन गौतमको नाममा सर्बसहमति गर्ने सहमति भएको छ ।

एशोसिएसनको २४औं साधारणसभा भोलि शुक्रबार छ । साधारणसभाले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचन आयोगले ४ बजेसम्म उम्मेद्वारी फिर्ता लिन सकिने जनाएको छ ।

शुक्रबार दिउँसो ४ बजेसम्ममा अध्यक्ष पदमा पनि सर्बसहति गर्ने प्रयास भइरहेको अहिलेका अध्यक्ष प्रयराज रेग्मीले जानकारी दिए ।

‘आज दिनभर सर्वसहमतिको प्रयास गर्यौं, अध्यक्ष बाहेक सबै पदमा सर्वसहमति गर्ने सहमति भएको छ,’ रेग्मीले क्लिकमाण्डूसँग भने, ‘भोलि ४ बजेसम्ममा दुईमध्ये एक जनाको नाममा सहमति गरेर सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन हुनेछ भन्ने मेरो विश्वास छ ।’

Publish on: