आरएसडीसी लघुवित्तले ५ प्रतिशत नगद लाभांस बाँड्ने « Eglish Khabarhub

आरएसडीसी लघुवित्तले ५ प्रतिशत नगद लाभांस बाँड्ने



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट लगानीकर्तालाई बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनश सेयर तथा नगद लाभांशपनि ५ प्रतिशतले नै वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात संस्थाको ५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि संस्थाले बोनस सेयर लगानीकर्तालाई वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दामोदर जोशीले जानकारी दिए । संस्थाको हालको चुक्तापूँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ ।

Publish on: