२९ मंसिर २०८२, आइतबार

नेपाल प्रहरीले इन्स्पेक्टर, असइ र जवानसहित ७ हजार जनाका लागि जागिर खुलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले एकै पटक ७ हजार २ सय ७६ जनाका लागि जागिर खुलाएको छ । इन्स्पेक्टर, असइ, जवान र सहयोगी गरी प्रहरीले एकै पटक ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।

प्रहरीले सोमबारको गोर्खापत्र दैनिकमा प्रकाशन गरेको जारिसम्बन्धी सूचना अनुसार इच्छुकले असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म आवेदन फाराम भर्न सक्ने छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा सातै प्रदेशको प्रदेश कार्यालयमा पनि फाराम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

१०८ जना इन्स्पेक्टर, ५२४ जना असइ, ६ हजार २ सय ४४ जना जवान र४०० जना सहयोगीका लागि दरखास्त आह्वान माग गरेको छ ।

२० वर्ष पूरा भई २५ वर्ष ननाघेका र मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्णले इन्स्पेक्टरका लागि आवेदन दिन सक्नेछन् ।

२० वर्ष पूरा भई २४ वर्ष ननाघेका र प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले असइका लागि आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । दुबै पदमा आन्तरिक प्रतिस्पर्धीका हकमा ३५ वर्षसम्म मान्य हुनेछ।