१८.०४ अंकले नेप्से घट्दा ५३ करोडको कारोबार « Eglish Khabarhub

१८.०४ अंकले नेप्से घट्दा ५३ करोडको कारोबार




काठमाडौं । साताको दोस्रो सोमबारपनि नेप्से परिसूचक घटेको छ । पहिलो दिन आइतबार १०.४७ अंकले घटेको नेप्से हिजो भन्दा झण्डै दोब्बर अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०४ अंकले घटेको छ । १.४४ प्रतिशतले घट्दा नेप्से परिसूचक १२३८.६७ बिन्दुमा पुगेको हो ।

सोमबार सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । १७ लाख ६० हजार ६ सय ७ कित्ता सेयर खरिद बिक्री हुँदा ५३ करोड ९३ लाख २८ हजार ३ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज १ सूचक मात्र हरियो देखियो । उत्पादनमूलक समूह २६.८ अंकले बढेको हो ।

यस्तै बैंक १९.८५, होटल १८.२६, विकास बैंक २९.७३, जलविद्युत ८.९१ वित्तीय १.५९, निर्जीवन बीमा ७१.७३ , अन्य ६.४, माईक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ अंकले घटेका छन् ।

नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, भार्गव विकास बैंकका लगानीकर्ताले ९.०४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Publish on: