ग्लोबल आइएमईका ग्राहकलाई पाटन प्याथ ल्याबमा ३५ प्रतिशत छुट « Eglish Khabarhub

ग्लोबल आइएमईका ग्राहकलाई पाटन प्याथ ल्याबमा ३५ प्रतिशत छुट



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र पाटन प्याथ ल्याब प्रा. लि.बीच ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परीक्षण तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा पाटन प्याथ ल्याब प्रा. लि. का अक्ष्यक्ष रेशम भट्टराई र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात पाटन प्याथ ल्याब प्रा. लि.मा परिक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Publish on: