काठमाण्डौ । बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले एचएच बजाजको शो रुम चितवनको भरतपुरमा सञ्चालनमा ल्याएको छ ।
एन के मोटर्सको नाममा चितवनको हाकिमचोकमा शो रुम संचालनमा ल्याएको हो ।
एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाइएको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेर योगेन गुरुङले नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पाउँदा निकै खुशी लागेको बताए ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
SHARE YOUR THOUGHTS