सानिमा माई हाइड्रोले १० प्रतिशत बोनश सेयर दिने « Eglish Khabarhub

सानिमा माई हाइड्रोले १० प्रतिशत बोनश सेयर दिने




काठमाडौं । सानिमा माई हाईड्रो पावर लिमिटेडले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट सेयर लगानीकर्तालाई बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनश सेयर वितरण गर्ने जनाएको हो ।

आगामी कात्तिक ८ गते कम्पनीको सातौ वार्षिक साधारण सभा हुदैँछ । कम्पनीले बोनश सेयर प्रयोजनको लागी असोज २५ गते देखी कात्तिक ८ गतेसम्म सेयर धनीदर्ता किताब समेत बन्द गर्ने जानकारी दिएको छ ।

साथै, नेप्सेमा असोज २४ गतेसम्म कारोबार भई तोकिएको कार्यदिन भित्र यस कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड नक्साल नारायणचौरमा प्राप्त भएका नमसारीको लिखित आधारमा सेयरधनी दर्ता किताबमा कायम कम्पनीका सेयरधनीहरु बोनस सेयरका लागि योग्य हुने कम्पनी सचिव क्रान्त श्रेष्ठले जनाए ।

Publish on: