काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि. चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ग्लोबल आइएमई बैंक लि.का डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् ।
काठमाण्डौको थानकोटमा रहेको पर्यटकिय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमा दिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंक लि.ले आफ्ना ग्राहकलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS