काठमाण्डौ उपत्यकाका यी ठाउँमा आज विद्युत छैन « Eglish Khabarhub

काठमाण्डौ उपत्यकाका यी ठाउँमा आज विद्युत छैन



काठमाण्डौ । कलंकी–नागढुंगा सडक खण्डको ढुंगे अड्डादेखि तीनथाना बस स्टप सम्म लाइन सिफ्टिंग तथा व्यवस्थापन कार्यको लागि स्युचाटार सब स्टेशन अन्तरगत बलम्बु फिडर बाट आज विद्युत आपूर्ति बन्द रहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु फिडर बाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुङ्गल लगायतका क्षेत्रमा आज बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म बिद्युत आपूर्ति अवरुद्ध भएको छ ।

तोकिएको समय भन्दा चाँडै नै कार्य सम्पन्न भएको अवस्थामा ५ बजे भन्दा अगावै लाइन सुचारु गर्न सकिने प्राधिकरणले जनाएको छ ।

सडक निर्माण गर्ने ठेकेदारलाई अबिलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिलो समयमा २४ घण्टा नै सडक को काम हुँदै आएको छ ।

Publish on: