काठमाण्डौ । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ आँखुखोला हाइड्रो प्रालिबीच विद्युत व्यापार सम्झौता (पिपिए) सम्पन्न भएको छ ।
३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उक्त योजनाको लागत करिब ८ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले हस्ताक्षर गरेका छन् ।
सम्झौताका अवसरमा कम्पनीका संचालकहरु सम्झना अर्याल र अभिमत सुमार्गी पनि सहभागी थिए ।
SHARE YOUR THOUGHTS