२५ दिनदेखि १७ वर्षीया युवती बेपत्ता, प्रहरी प्रशासनले चासो नदेखाएको परिवारको आरोप « Eglish Khabarhub

२५ दिनदेखि १७ वर्षीया युवती बेपत्ता, प्रहरी प्रशासनले चासो नदेखाएको परिवारको आरोप



काठमाडौं । उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले यस्तो जानकारी गराएको हो । कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन फर्म भर्न घरबाट हिँडेकी थिईन् । तर, सोही दिन उनी सम्पर्कमा नआएको उनका दाजु परशुराम पोखरेलले जानकारी दिए ।

उनले भने,‘मेरी बहिनी भदौ २२ गतेदेखि हाम्रो सम्पर्कमा छैनन् । यो विषय प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेका छौं । तर, प्रहरीले बहिनीको खोजतलासमा ढिलासुस्ती गरेको हामीलाई महशुस भएको छ ।’

त्यस्तै प्रहरीसँगै महिला अधिकार, माईती नेपाल र विभिन्न अधिकारकर्मीहरुसँग आफूहरुले बहिनीको खोजीको लागि हार गुहार गरेको पनि दाजु परशुरामले सुनाए । आफूहरुले बहिनी हराएको तीन दिनपछिमात्रै प्रहरीमा खबर गरेको उनले जनाए ।

उनले आफूहरुले बहिनीको मोवाईलको कल डिटेल हेर्दा र उनले प्रयोग गर्ने फेशबुक हेर्दा घरबाट निस्किएको दिन अर्थात् भदौ २२ गते बिहान जहानसिंह भुजेलसँग निरन्तर फोन सम्पर्क गरेको देखिएको र अहिले भुजेलको नम्बरमा सम्पर्क गर्दा उक्त नम्बरपनि बन्द रहेको सुनाए ।

त्यस्तै नयाँ शक्ति पार्टी नेपालकी प्रदेश नम्बर २ की महिला संयोजक तारादेवी भण्डारीले आफूहरुलाई सुरुमा छोरीले भागी विवाह गरेकी होलिन भन्ने शंका लागेकोले प्रहरी प्रशासनमा ढिलो उजुरी भएको स्पष्ट पारिन् । उनले भने,‘सुरुमा हामीलाई छोरीले विवाह गरिन् होला भनेर शंका लागेकै कारण खोजीमा ध्यान दिएनौं । तर, पछि हामीले प्रहरी प्रशासनमा उजुरी दिँदा पनि खोजी कार्यमा ढिलासुस्ती देखायो । प्रहरीले चासो देखाएकोजस्तो हामीलाई अनुभुति भएको छैन् ।’

हराएकी निज पोखरेलकी सानिआमा समेत रहेकी नेतृ भण्डारीले छोरी हराएको करिब एक महिना बितिसक्दापनि अहिलेसम्म कुनै उनको बारेमा कुनै जानकारी नहुनु र प्रहरीले पनि केही पत्ता लगाउन नसक्नुले परिवारमा थप पीडा उत्पन्न गराएको बताईन् । उनले भनिन्,‘निर्मला पन्तकोजस्तै हाम्री छोरीको त्यस्तै घट्ना नहोस् । छिटोभन्दा छिटो उनको खोजी होस् ।’

पछिल्लो समय मुलुकमा हत्या, हिंसा, बलात्कार र अपहरणजस्ता घट्नाहरु दिनप्रतिदिन घटिरहेको बताउँदै उनले यस्तो घट्नाका दोषी र अपराधीहरुलाई कारबाही गर्न सरकार चुकेको भन्दै गुनासो पोखिन् । उनले भने,‘सरकारले जनताको सेवा गर्न सक्दैन भने कुर्सीमा बस्नुको कुनै अर्थ छैन् ।’

प्रहरीसँग आफूहरुले छोरी हराएको घट्ना जानकारी गराउँदा प्रहरी प्रशासनले उल्टै यस्ता घट्नाहरु धेरै रहेको सुनाएको उनले जनाईन् । उनले भनिन्,‘प्रहरी प्रशासनले हाम्रो जस्तो घट्नाहरु आफूहरुकहाँ धेरै छन् ।

Publish on: