काठमाण्डौ । कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा इन्द्रचोक रंगशाला नजिकै रहेको आरोग्यधाम होमियोप्याथिक हस्पिटल तथा पञ्चम आयुर्बेद क्लिनिकबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
बिहिबार एक समारोहबीच दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र आरोग्यधाम होमियोप्याथिक हस्पिटल तथा पञ्चम आयुर्बेद क्लिनिकको तर्फबाट अध्यक्ष डा. बिष्णुप्रसाद चापागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतापछि मुनाल सहकारीका सम्पूर्ण सेयर सदस्य तथा सदस्यका परिवार र सहकारीका कर्मचारीले आरोग्यधाम होमियोप्याथिक हस्पिटल र पंचम आयुर्बेद क्लिनिकबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम १२ प्रतिशतदेखि अधिकतम २५ प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्न सक्ने पंचम आयुर्बेद क्लिनिकका अध्यक्ष विशना शर्मा चापागाईले बताइन् ।
आयुर्बेदिक र होमियोप्याथिक क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा,फिजियोथेरापी,पिनास, प्यारालाइसिस, प्राकृतिक उपचार सेवा, आधुनिक ल्याव, पायल्स फिष्टुला, फिसरको अपरेशन, फार्मेसी सेवा प्रदान गरिरहेको हस्पीटलको यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य,कर्मचारी र सेयर सदस्यका परिवार लाभान्वित हुने मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमागाईँले बताए ।
SHARE YOUR THOUGHTS