सुजुकीका बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प हुँदै, भाग्यशाली १० जनालाई जापान घुम्ने अवसर « Eglish Khabarhub

सुजुकीका बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प हुँदै, भाग्यशाली १० जनालाई जापान घुम्ने अवसर



काठमाण्डौ । जापानी ब्राण्ड सुजुकीका बाइक तथा स्कुटरको नेपालक लागि आधिकारिक बिक्रेता भि जि अटोमोबाइल्स प्रालीले बिजया दशमी तथा दीपावलीलार्इ मध्येनजर गरी असोज २१ बाट असोज २७ सम्म मेघा एक्सचेन्ज क्याप संचालन गर्ने भएको छ ।

नेपालभरिका ३४ वटा सुजुकीका शोरुममा कुनैपनी कम्पनीका पुराना बाइक तथा स्कूटरसंग नया सुजुकीका बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कुनैपनि पुराना बाइक तथा स्कूटरको बजार प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार भ्यालूएसन कम्पनिले ग्राहकलार्इ प्रदान गर्ने जनाइएको छ ।

सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा बाइक तथा स्कूटर खरिद गर्न सक्ने सुजुकीका मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।

भिजि सुजुकीका सेल्स हेड सन्तोष थापाले बिजया दशमी तथा दीपावलीलार्इ लक्षित गर्दै सुजुकी बाइक तथा स्कूटर खरिद गर्दा बाइकमा ८ हजार र स्कूटर मा १० हजार छुटका साथै १० जनालार्इ बम्परमा जापान भ्रमण गराउने बताए ।

Publish on: