तेल राजनीतिमा ट्रम्पको धम्कीको असर, साउदी अरबले उत्पादन बढाउने « Eglish Khabarhub

तेल राजनीतिमा ट्रम्पको धम्कीको असर, साउदी अरबले उत्पादन बढाउने



अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले दिएको धम्कीको असर तेलको राजनीतिमा परेको छ । अमेरिका निकट सहयोगी देश साउदी अरबले तेलको उत्पादन बढाउने तयारी गरेको छ ।

साउदी अरबका राजकुमार मोहम्द बिन सलमानले लिने नीतिमा ट्रम्पको दवावको असर परेको देखिएको छ ।

ब्लुमर्गमा प्रकाशित खबर अनुसार साउदी अरबको राजनीतिक उत्तराधिकारी रहेका सलमानले एक अन्तर्वार्तामा भनेका छन्,‘साउदी अरब तथा ओपेक देशसँग भनिएको आग्रहमा अमेरिकालाई आस्वस्त पार्न चाहन्छु यदी ईरानको आपूर्तिबाट तेलको उत्पादनमा कमी आएमा हामीले त्यसको पूर्ति गर्ने छौ।’

ट्रम्पले केही मसय अगाडि अन्तराष्ट्रिय बजारमा तेलको बढ्दो मूल्यलाई लिएर साउदी अरब समेत ओपेक सदस्य देशलाई कडा शब्दमा धम्की दिएक थिए । ट्रम्पले साउदी अरबलाई अमेरिकी शैन्य सहयोग बिना दुईहप्तापनि टिक्न नसक्ने धम्की दिएका थिए । यसले गर्दा मध्यपूर्वमा अमेरिकाको सहयोगी देश साउदीलाई दवाव परेको थियो ।

तेल उत्पादन देशहरुको संस्था(ओपेक)ले इरानमा लगाइएको प्रतिबन्धपछि अभाव हुने तेलको उत्पादन नबढाउने निर्णय गरेको थियो । जसमा रुसी राष्ट्रपति भाल्दिमिर पुटिनले तेलको उत्पादन नबढाउन दवाव दिएका थिए ।

इरानको तेल निर्यातलाई प्रभावित गर्ने अमेरिकी नाकाबन्दी ४ नोबेम्बरदेखि लागु हुने छ । यसको लागि अमेरिका अहिले इरानबाट हुने आपूर्तिलाई कमी हुन नदिनको लागि लागिरहेको छ ।

अहिले कच्चा तेलको मूल्य ८६ प्रति ब्यारेल अमेरिकी डलर पुगेको छ । यो पछिल्लो चारवर्षकै उच्च हो । तेलको बढ्दो मूल्यलाई नियन्त्रणमा लिनको लागि साउदी अरब अहिलेसम्म असफल भएको छ ।

साउदी राजकुमारले भने तेलको मूल्य बढ्नुमा उत्पादन घट्नुको कारण नभएको बताएका छन् । ‘पछिल्लो महिना तेलको मूल्य बढ्नुको पछाडि इरान कारण होइन,यसको कारण क्यानडा,मेक्सिको,लिबिया तथा भेनेजुएला हुन्।’

तेल कारोबारीहरुका अनुसार साउदी तेलको उत्पादनमा कमी आउन नदिनको लागि आक्रामक ढंगले भने काम गरेको छैन । कारोबारीहरुलाई साउदीको क्षमताको इरानबाट आउने आपूर्तिलाई कमी हुन नदिने गरी उत्पादन गर्न सक्ने रहेको छैन ।

अहिले ओपेक देशहरुले १.५ अर्ब ब्यारेल तेल अतिरिक्त उत्पादन बढाउन सुरु गरेका छन् । साउदी अरबका राजकुमारले इरानको कारण दैनिक तेल उत्पादन ७० हजार ब्यारेल उत्पादन गर्नुपर्ने बताए ।

साउदीले अहिले १ करोड ७ लाख ब्यारेल प्रतिदिन तेल उत्पादन गरेको छ । राजकुमारले आवश्यक परेको बेला हरेक दिन १३ लाख ब्यारेल उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । इकोनोमिक्स टाइम्सबाट

Publish on: