दुई अमेरिकी अनुसन्धानदातालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार « Eglish Khabarhub

दुई अमेरिकी अनुसन्धानदातालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार



स्टकहोम । अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धानदातालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनलाई दिर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत उक्त पुरस्कार दिइएको हो ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ । रासस\एपी

Publish on: