ज्योति विकास बैंकमा शाखा प्रबन्धक २० सहित ४० जनालाई जागिरको अवसर « Eglish Khabarhub

ज्योति विकास बैंकमा शाखा प्रबन्धक २० सहित ४० जनालाई जागिरको अवसर



काठमाण्डौ । तपाईँ जागिरको अवसर खोज्दै हुनुहुन्छ । तपाईँको शिक्षा बाणिज्य हो र अनुभवी हुनुहुन्छ भने ज्योति विकास बैंकमा जागिरको अवसर खुलेको छ ।

बैंकले सूचना प्रकाशित गरी २० जना शाखा प्रबन्धक र २० जना रिलेसनसिप म्यानेजर तथा अप्रेसन इञ्चार्ज माग गरेको हो।

भैरहवा, आवुखैरेनी, बोडे, महाराजगञ्ज, बनेपा, कावासोती, सिन्धुली, धरान, वालिङ, गल्छि, हरिवान, गाइघाट, रामगोपालपुर, खोर्साने, फापरबारी, बागदुला लगायतका शाखा कार्यालयको लागि कर्मचारी माग भएको हो ।

शाखा प्रबन्धकको लागि कम्तिमा स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा न्युनतम ५ वर्षको अनुभव हुनु पर्नेछ भने रिलेसनसिप म्यानेजर तथा अप्रसेसन इञ्चार्जको लागि स्नातक उत्तीर्ण गरि बैंकिङ क्षेत्रमा कम्तिमा दुर्इ वर्षको अनुभव चाहिने छ ।

कात्तिक ८ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

Publish on: